हिमालय एअरलाइन्सलाई दक्षिण एसियाली ट्राभल अवार्ड

Advertisement

काठमाडौंः हिमालय एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा गत अक्टोबर २८ मा आयोजित दक्षिण एशियाली ट्राभल अवार्ड (साटा), २०१७ मा लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स–भिजिटर्स च्वाइस गोल्ड अवार्ड प्राप्त गरेको छ ।

दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)द्धारा आयोजित उक्त महोत्सवमा गान अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक इब्थिसमा अहमिद सइदले हिमालय एअरलाइन्सको ब्रान्ड तथा सेवा विभागकी प्रमुख उज्ज्वला दलीलाई उक्त अवार्ड प्रदान गरेकी हुन । उक्त अवार्ड प्राप्तिले आगामी दिनमा उड्डयन क्षेत्रमा सेवा अझ अभिवृद्धि गर्न थप उर्जा दिएको हिमालय एअरलाइन्सको भनाई छ ।

साटा दक्षिण एसियाका विभिन्न राष्ट्रका पर्यटन संगठनहरुद्धारा अनुवन्धित क्षेत्रीयस्तरको पहिलो अवार्ड हो । यसले यस क्षेत्रको सेवाको स्तर अभिवृद्धि गराउने लक्ष्य राखेको छ । उक्त अवार्ड छनोटका लागि अनलाइन भोटिङको प्रक्रिया अपनाइएको थियो । भोटिङको प्रक्रिया ३१ मे देखि ३१ अगस्टसम्म अनलाइनमार्फत खुल्ला राखिएको थियो ।

आवेदनमा हुने अनियमिततालाई न्युनीकरण गर्न प्रत्येक भोटरले भोट गर्नुअघि व्यक्तिगत विवरण दर्ता गर्ने नियम रहेको थियो । यसअघि ३० अगस्टमा एअरलाइन्सको टिमले अवार्ड कमिटिका निर्णायक टिम समक्ष एअरलाइन्सको सेवा, व्यवस्थापन, हवाई सुरक्षा आदि पक्ष समेटी प्रस्तुतिकरण गरेको थियो ।

Advertisement

Advertisement

Advertisement