मेरो माइक्रोफाइनान्सको मुनाफामा ११.२४ प्रतिशतले कमी

Advertisement

 

काठमाडौँ: राम्रो प्रतिशेयर मूल्य कायम रहेको मेरो माइक्रोफाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको रिपोर्ट सन्तोष जनक रहन सकेन । कारण चालु आवमा मेरोको खुद मुनाफामा गत आवको भन्दा ११.२४ प्रतिशतले कमी आएको छ ।

चालु आवमा मेरोको खुद नाफा एक करोड ९० लाख १७ हजार रुपियाँ रह्यो भने गत वर्ष सोही अवधिमा उसको मुनाफा दुई करोड १४ लाख २६ हजार रुपियाँ थियो ।

मेरोले निक्षेप २९ करोडबाट ५५ करोड २९ लाख ३० हजार रुपियाँ पुर्याएको छ भने कम्पनीले २ अर्ब ५६ करोड ४१ लाख ६२ हजार रुपियाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रुपियाँ छ भने रिजर्भमा ८ करोड २८ लाख ५८ हजार रुपियाँ छ । असोज ३० गते सम्पन्न साधारण सभाले गत वर्षको कमाईबाट ३० % वोनस र १२.१०५ % नगद लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ ।

३० प्रतिशत वोनस जोड्दा चुक्ता पुँजी २८ करोड ६० लाख रुपियाँ पुग्छ । गत वर्ष मेरोको चुक्ता पुँजी २० करोड रुपियाँ थियो ।

मेरोको खराब कर्जा घटेर १.३१% आएको छ त्यस्तै कस्ट अफ फन्ड ४.८१% बाट बढेर १०.०३ % पुगेको छ । मेरोको प्रतिशेयर आम्दानी वार्षिक २६ रुपियाँ ६० पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपियाँ ९७ पैसा छ । गत वर्ष प्रतिशेयर आम्दानी ४२ रुपियाँ ८४ पैसा र प्रतिशेयर नेटवर्थ १५९ रुपियाँ १६ पैसा थियो ।

Advertisement

Advertisement

Advertisement