सिटी एक्सप्रेस र कोरियाको जिमनी ट्रान्सबीच सम्झौता हुदै

Advertisement

काठमाडौंः जापानको प्रतिष्ठित रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रासफर र कोरियन कम्पनीको संयुक्त लगानीमा स्थापित कम्पनी जिमनी ट्रान्स कम्पनीबीच सम्झौ हुने भएको छ । दक्षिण कोरियन सरकारले यही जुलाई महिनामा प्राइभेट रेमिट्यान्स कम्पनीबाट सेवा सञ्चालनको लागि आवेदन खुला गरेको भएपनि आगामी २५ गते दुई संस्थाबीच सम्झौता हुन लागेको हो ।

रेमिट्यान्स सेवा सञ्चालनको अनुमतिका लागि थुप्रै कम्पनीहरुले आवेदन दिएकोमा अनुमति प्राप्त गर्ने केही सिमित कम्पनी मध्ये जिमनी एक हो । हाललाई कम्पनीको आन्सान शाखाबाट सेवा सञ्चालन गर्न लागेको जिमनीले केही दिनमै मोबाइल एपबाट पनि सेवा सुरु गर्नेछ । हाल विद्यमान रेमिट्यान्स कम्पनीको अनलाइन सेवा लिन सेवाग्राही कम्तीमा एकपटक शाखा जानुपर्ने झन्झटिलो प्रक्रिया सहज होस् भन्ने अभिप्रायका साथ जिमनीले आफ्नो मोबाइल एप सेवा पुर्ण रजिष्टर गर्न मिल्नेखालको एप ल्याउन लागेको हो ।

मोबाइल एप सुरु भइसकेपछि सेवाग्राही कंही नगई स्वयम् आफैंले घरमा बसेर दर्ता गर्ने सुविधा कम्पनीले ल्याएको छ । कोरियाबाट पठाएको १० मिनेटमै नेपालमा रहेका आफन्तहरुले नेपाल अधिराज्यभरका सिटी एक्सप्रेस मनी ट्रान्सफरका पाँच हजारभन्दा धेरै भुक्तानी केन्द्रहरुबाट पैसा पाउन सक्ने बताएको छ ।

Advertisement

Advertisement

Advertisement