राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गरे मात्रै आर्थिक समृद्धि सम्भव- उद्योगी व्यवसायी

Advertisement

काठमाडौँ: मुलुकका उद्योगी व्यवसायीले राष्ट्रिय उद्योगलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन् ।

नेपाल औषधि उत्पादक संघको २३ औँ वार्षिक साधारणसभालाई शुक्रबार सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले राष्ट्रिय उद्योगलाई सरकारी सहयोगको जरुरी रहेको बताए ।

सभामा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले राष्ट्रिय उद्योगलाई प्रवद्र्धन गरेर देशको आर्थिक समृद्धि सुनिश्चित गर्न राज्य गम्भीर भएर लाग्नुपर्ने औँल्याए ।

साधारणसभाले दीपक दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा नारायणबहादुर क्षेत्री, प्रथम उपाध्यक्षमा दीपक प्रधान, महासचिवमा प्रज्वलजङ्ग पाण्डे र कोषाध्यक्षमा प्रभात रुंगटा छन् । नेपालमा रु २० अर्ब बराबरको औषधिको कारोबार हुने गरेको छ ।

Advertisement

Advertisement

Advertisement