गुल्मीमा लिफ्टमार्फत एक बर्षमै घर–घरमा खानेपानी ल्याउने तयारी

Advertisement

गुल्मीः पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाई योजनामार्फत सञ्चालन हुन लागेको छोरधारा बाङ्गे लिफ्ट खानेपानी तथा सरसफाई योजनाअन्तर्गत खानेपानीको निर्माण कार्य अगाडी बढिरहेको छ ।

मुसिकोट नगरपालिका १ अन्तर्गत बाङ्गे, अमराई लगायतका स्थानहरुमा बर्षोदेखि खानेपानी समस्या भोगिरहेकाहरुलाई अव भने यस परियोजनामार्फत छोरधारा बाङ्गेको मुलको पानीलाई तीन सय ९२ मिटर माथि तानेर (लिफ्ट गरेर) झिल्केपोखरीमा संकलन गर्ने र प्रशोधन गरी खानेपानी वितरण गरिने मुनपाका वास संयोजक रामबहादुर कुवरले जानकारी दिए ।

साथै परियोजनाका प्रतिनिधिसमेत रहेका इन्जिनियर मिनबहादुर बस्नेतले उपभोक्ताहरुको भेलामा प्रथम सार्वजनिक परिक्षण गरी योजनाको संरचना, आर्थिक, र प्राविधिक पक्षका बारेमा जानकारी दिए ।

परियोजनाका प्राविधिक सहजकर्ता सुरेन्द्र सामन्तले लागत खर्च तथा निर्माण कार्यका बारेमा भेलामा जानकारी गराउँदै मंसिर १ गतेदेखि निर्माण कार्य थालनी गरि आउँदो २०७५ कात्तिक मसान्तभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

नेपाल सरकार र फिनल्याण्ड सरकारको ३६÷३६ प्रतिशत, मुसिकोट नगरपालिकाको १० प्रतिशत, उपभोक्ताको श्रमदान १७ प्रतिशत तथा नगद एक प्रतिशतसहित एक करोड ३५ लाख रुपियाँमा निर्माण गर्ने लक्ष्य रहेको यस खानेपानी परियोजनाबाट १६९ घरधुरी, ८८७ जनसंख्या र भगवति निमावि र छत्रभूमि बोडिङ्ग स्कुल, स्वास्थ्यचौकी, प्रहरी चौकी, वडा कार्यालय लाभान्वित हुनेछन् ।

बर्षोदेखि खानेपानीबाट समस्या भोगिरहेका उपभोक्क्ता अव भने एक बर्षमै घर घरमा खानेपानी आउने भएपछि खुशी छन् ।

Advertisement

Advertisement

Advertisement