माइत आएकी छोरी र नातिनीहरुको आफ्नै बाबुद्धारा हत्या

Advertisement

रोल्पाः रोल्पा नगरपालिका ७ गोरबोट घापाका ४३ वर्षीय लिलाबहादुर पुनले माइती आएकी आफ्नै छोरी र दुई नातिनीहरुको हत्या गरेका छन् । उनले शुक्रबार बेलुकी हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव निरीक्षक सुदर्शन पन्थीका अनुसार पुनले २५ वर्षीय छोरी पबावती केसी, दुई वर्षकी जेठी नातिनी दिया र सात महिनाकी कान्छी नातिनी नियाको हत्या गरेका हुन ।

बाबु बिरामी भएको भन्दै तीन दिनअघि मात्रै माइत आएकी छोरीको हत्या भएको हो । हत्याको घटनाले गाउँमा शोक र मौनता छाएको छ । पत्नी तिर्था र छोरा प्रजित भने भागेर बाँच्न सफल भए पनि छोरी र निर्दोष नातिनीहरु भने आफ्नो बाबुको शिकार भएका छन् ।

पुनले बन्चरो प्रहार गरेर पत्नी र छोराको हत्या गर्न प्रयास गर्दा उनीहरु भाग्न सफल भए पनि भाग्न नभ्याए छोरी र नातिनीहरुको हत्या गरेका थिए । भभाग्न सफल भएकी पत्नी तीर्थाले गाउँलेमाझ कहालिँदै आफ्नो छोरी र नातिनीहरुको हत्या भएकोमा बिलौना गरेकी थिइन ।

पुन बेला बेलामा मानसिकरुपमा असन्तुलित हुने गरेका गाउँले र परिवारको भनाई छ । गत वर्ष बसबाट खसेर जेठो छोरा गोविनको मृत्यु भएपछि उनको मानसिक अवस्था बिग्रिन थालेको हो ।

Advertisement

Advertisement

Advertisement