एनआइसी एसियाले तीन अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्दै

Advertisement

काठमाडौंः एनआईसी एसिया बैंकले तीन अर्ब रुपियाँको ऋणपत्र निष्काशन गर्ने तयारी गरेको छ । बैंकले सात वर्ष अवधिको लागि निष्काशन गर्ने ‘एनआईसी एसिया ऋणपत्र २०८१-८२’ मा नौ प्रतिशत व्याज गरिने जनाइएको छ ।

बैंकले त्यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । नियुक्तिसम्वन्धी सम्झौतामा बैंक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल र नबिल इन्भेष्टमेन्ट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले हस्ताक्षर गरे ।

ऋणपत्रको कुल रकममध्ये ८० प्रतिशत (दुई अर्व ४० करोड) व्यक्तिगत र २० प्रतिशत (६० करोड) सर्वसाधारणहरुका लागि छुट्टाइएको छ । नेपाल धितोपत्र बोर्डको स्वीकृतपछि बिक्री खुला हुने यस ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज झुक्तानी गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement