दशरथ रंगशालामा महिला तथा पुरुषको रोचक रेस्लिङ प्रतियोगिता (फोटो फिचरसहित)

Advertisement

काठमाडौंः दशरथ रंगशालाको कभर्ड हलमा शनिबार आयोजित दोस्रो अन्तर्राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा विभिन्न आठ देशका रेस्लरहरु भिडेका छन् । रेस्लिङ प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र राष्ट्रिय खेलकुद परिसदका सदस्य सचिव केशव विष्टले संयुक्तरुपमा घण्टी बजाएर खेलको उद्घाटन गरेका थिए ।

नेपालसहित अमेरिका, सिंगापुर, अष्ट्रेलिया, मलेसिया, भारत, रसिया र चेक रिपब्लिकका महिला तथा पुरुष रेस्लरहरुको रोचक प्रतियोगिता हेर्न दर्शकहरुको भीड लागेको थियो । प्रतियोगितामा फ्ल्याग म्याच, सिंगल्स, ह्याण्डीक्याप, रोयल रम्बल, ट्याग टिम महिला तथा पुरुष, हार्डकोर र थ्री वे कर्नर जस्ता इभेन्टहरु भएका थिए ।

नेपाल रिङ रेस्लिङ संघ र डिसहोमको संयुक्त आयोजनमा भएको यो प्रतियोगिता अब कात्तिक २७ गते इटहरीको ठूलो जनता माविमा आयोजना हुनेछ ।

Advertisement

Advertisement

Advertisement