एसीसी यु-१९ प्रतियोगिता: नेपालले भारतलाई दियो १८६ रनको लक्ष्य

acc_19-team

फाइल फोटो

काठमाडौं : मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतसामु एक सय ८६ रनको लक्ष्य दिएको छ । बायुमास रंगशालामा जारी खेलमा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले भारतलाई मध्यम खालको लक्ष्य दिएको हो ।

निर्धारीत ५० ओभरको खेलमा नेपालले ८ विकेटको क्षतिमा १८५ रन बनाउने क्रममा नेपालका कप्तान दिपेन्द्रसिंह ऐरीले सर्वाधिक ८८ रनको स्कोर बनाउदै नेपानलाई राम्रो स्थितिमा पुर्याए । उनले १०१ बलको सामना गरेका छ चौका र दुइ छक्का प्रहार गर्दै उक्त स्कोर बनएका हुन् । जितेन्द्रसिंह ठकुरीले ३६ र भीम सार्कीले १५ रन बनाए ।

united_cement

नेपाल रहेको समूह ए मा नेपालसहित भारत, बंगलादेश र मलेसिया रहेका छन् भने समूह बी मा श्रीलंका, अफगानिस्तान, पाकिस्तान र युएई रहेका छन् । एसीसी–१९ एसियाकपमा ८ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।