आइएसओ गुणस्तर बारे जानकारी दिन गोर्खा इको प्यानलद्धारा तालिम आयोजना

Advertisement

भक्तपुरः गोर्खा इको प्यानलको निर्माणकर्ता इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिको आयोजनामा भएको दुईदिने आइएसओ गुणस्तर बारेको तालिम सम्पन्न भएको छ ।

कार्यक्रममा इन्टरनल अडिटर ट्रेनिङ कोर्स अन आइएसओ ९००१ः२०१५ क्वालिटी म्यानेजमेन्ट सिस्टमबारे तालिम दिइएको हो । नयाँ बानेश्वरस्थित एनएटीसीएम नेपाल प्रालिको सहकार्यमा दिइएको यस तालिमपछि आइएसओ चिन्हको महत्व र गुणस्तरबारे अझ बढ्ता जानकारी पाएको तालिममा सहभागी इन्जिनियर कृष्णसुन्दर कुम्पाखले बताए ।

कम्पनीमा कार्यरत इन्जिनियर र कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न र गोर्खा इको प्यानलको गुणस्तर कायम राख्न कम्पनीले यस्तो तालिम समय समयमा दिंदै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत कृष्णभक्त दुवालले बताए । कम्पनीमा कार्यरत इन्जिनियर तथा कर्मचारीहरु गरी झण्डै दुई दर्जन जनाले तालिममा सहभागिता जनाएका थिए ।

 

Advertisement

Advertisement

Advertisement