नक्कली स्टिकर प्रयोग गरेको आशंकामा टाइगर ब्रुअरीमाथि राजश्वको निगरानी

Advertisement

काठमाडौंः बुटवलस्थित टाइगर ब्रुअरीले अन्तःशुल्कको नक्कली स्टिकर टाँसेर आफ्नो ब्राण्ड टेन्सबर्ग बियर बिक्री गरेको आशंकामा आन्तरिक राजश्व विभागले निगरानी बढाएको छ । कम्पनीले लण्डन आइस स्ट्रोङ प्रिमियम, टाइगर स्ट्रोङ र टेन्सबर्ग प्रिमियम बियर उत्पादन गर्दै आएको छ ।

तेजेन्द्र खड्काद्धारा सञ्चालित उक्त उद्योगले आफ्नो बियरहरुमा नक्कली स्टिकर लगाउने गरेको समाचारहरु आएकाले निगरानी बढाइएको विभागका एक कर्मचारीले बताए । उनले भने– हामीलाई आशंका लागेकाले टेन्सबर्गलगायत केही मदिराहरुमा निगरानी गरिरहेका छौं । पुष्टि भएपछि हामी जानकारी तपाईंहरुलाई दिन्छौं । उनले यसलाई विभागको नियमित प्रक्रिया भएको बताए ।

थुप्रै विवादमा मुछिँदै आएका खड्काको उक्त उद्योगले नक्कली स्टिकर प्रयोग गरी टेन्सबर्ग बिक्री गर्दै आएको र त्यसलाई स्वयम नियमक निकायका कर्मचारीहरुकै संरक्षण रहेको समाचारहरु प्रकाशित हुँदै आएको थियो ।

छसय ५० एमएलको उक्त बियरमा ३७५ एमएल परिणामको स्टिकर टाँसेर बिक्री गरिँदै आएको, जसबाट राज्यलाई राजश्वमा आधै नोक्सान भइरहेको, उद्योग खोल्न भन्दै खड्काले बैंकबाट ऋण लिन नक्कली डकुमेन्ट बनाएको, ट्रेडमार्गको दुरुपयोग गरेको जस्ता आरोपहरु लाग्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement