एसीसी यू-१९ एसिया कप क्रिकेट: भारतविरुद्ध नेपालको सानदार जित

Advertisement

काठमाडौंः मलेसियामा एसीसी यु-१९ क्रिकेट कपमा नेपालसामु भारत १९ रनले पराजित भएको छ । नेपालका कप्तान दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनको सहयोगमा नेपालले भारतलाई पराजित गर्न सफल भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि एरीले सार्वाधिक ८८ रनको योगदान दिदै तीन विकेट लिएका थिए । क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । नेपालले नराम्रो सुरुवात गर्दै ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको थियो ।

नेपालका दोस्रो ब्याटसम्यान अनिल साहले पनि ६ रन मात्र जोडेर आउट भएका थिए । जितेन्द्र सिंहले ३६ रन जोडेका थिए साथै उनले दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी पनि गरेका थिए । खेलमा दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दै १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोडे । मध्येक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । सन्दिप लामिछाने ९ रन बनाउँदै नटआउट रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए ।

भने भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले सम्मान दुई विकेट लिए । विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि १ र १ विकेट लिए । भारतका लागि हिमांशु रानाले ४६ र मनजोत कलराले ३५ रन बनाएका थिए, भने अभिषेक शर्माले २७ रन बनाएका थिए। जितसँगै नेपालको दोस्रो चरणको सम्भावना जिवितै रहेको छ । नेपाल शनिबार भएको खेलमा बंगलादेशसँग पराजित भएको थियो ।

Advertisement

Advertisement

Advertisement