तिहारपछि सेयर बजारमा उत्साहजनक सुधार

Advertisement

काठमाडौंः तिहारपछि सेयर बजारमा आइतबार उत्साहजनक सुधार देखिएको छ । आज सेयर बजार परिसुचक नेप्से १६ दशमलव ४१ अंकले बढेर एक हजार ४७७ अंक नाघेको छ ।

तिहारपछि लगातारजसो ओरालो लागेको बजारले लगानीकर्तामा निराशा बढ्दै गएको थियो । निर्वाचनले मुलुकमा आर्थिक गतिविधिमा तीब्रता आए पनि अर्थतन्त्रको महत्वपूर्ण सुचक सेयर बजार भने लगातार ओरालो लाग्दा सरोकारवाला आश्चर्यमा परेका थिए ।

आज कारोबार रकममा सन्तोषजनक स्थिति नदेखिए पनि नेप्सेमा भने दोहोरो अंकको सुधार आएको हो । विशेषगरी वित्तीय क्षेत्रका कम्पनीहरुको कारोबार राम्रो हुँदा बजारमा सकारात्मक प्रभाव परेको हो । भारी मात्रामा गिरावट हुँदै आएको होटल समूहले पनि आज उचाई लिएको छ भने जलविद्युत समूहमा पनि सुधार राम्रो छ ।

समूहगत कारोबारमा बैंकिङ, बीमा, विकास बैंकसहित होटल र जलविद्युत समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले उक्लिएको छ भने व्यापार समूहको उपसुचक एक प्रतिशतभन्दा बढिले ओरालो लागेको छ । बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ ।

Advertisement

Advertisement

Advertisement