प्रचण्डले चुनाव नजित्ने पोखरेलको संकेत– चुनाव जित्ने योग्य व्यक्ति अबको प्रधानमन्त्री

Advertisement

कात्तिकः एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौं क्षेत्र नम्बर ५ मा आफूले सहजै विजय हासिल गर्ने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लबमा पोखरेलले विगतमा कहिले जित र कहिले हार भएको बताउँदै यसपटक आफ्नो जित सुनिश्चित भएको बताए ।

उनले विगतमा यस क्षेत्रका लागि महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै आफूलाई चुनाव जित्न कुनै समस्या नभएको दाबी गरे । पोखरेलले भने, “जनताले यहाँ मलाई चिन्न कुनै समस्या छैन । हार्दा पनि यहाँका जनताको साथमा रहेको छु । विकास निर्माणका हरेक काममा साथ दिएको छु ।”

म कहिँकतैबाट पोखिएर उम्मेदवार बनेको होइन भन्दै उनले यस क्षेत्रमा सामाजिक सम्बन्धन स्थापित गरेको बताए । पार्टी अध्यक्ष केपी ओलीले अरु कुनै अनुकूल ठाउँबाट चुनाव लड्ने प्रस्ताव गरे पनि त्यसलाई अस्विकार गर्दै आफूले काम गर्दै आएको क्षेत्र छोड्न नचाहेको पोखरेलले प्रष्ट्याए ।

एमाले–माओवादीबीच एकता हुने दाबी गर्दै पोखरेलले दुई पार्टीबीच विचार मिलिसकेको बताए । विगतमा कार्यनीतिक बाटोमा मेल नभएको भन्दै उनले अहिले दुई पार्टीबीचमा मुद्दाहरु मिलेको बताए । पोखरेलले भने– चुनावले गर्दा अहिले केही अलमल भएको मात्रै हो । अब तत्काल यो विषय अगाडि बढ्छ । चाँडै पार्टी एकता हुन्छ ।

एमाले–माओवादी बीचको एकताको विरोध गर्नुभन्दा काँग्रेसले पनि सिको गर्न सके राम्रो राजनीतिक संस्कारको सुरुवात हुनेथियो भन्दै उनले आगामी चुनावपछिको सरकारका विषयमा पोखरेलले सल्लाह र समझदारीका आधारमा प्रधानमन्त्रीको रुपमा अघि सारिने बताए । चुनाव जितेर आउने र योग्य व्यक्तिलाई नै प्रधानमन्त्री बनाउने पोखरेलको भनाई छ ।

नेता पोखरेलले भने, “हामीअन्दाजगर्न सक्छौँ प्रधानमन्त्री । तर औपचारिक रुपमा कुसैलाई पनि अघि सारेका छैनाँै ।” चुनाललगत्तै पार्टी एकता र सरकार गठन एकसाथ जाने उनले बताए । केपी ओली नै प्रधानमन्त्री बन्न सक्ने कुरालाई स्वीकार गर्दै पोखरेलले योग्य र सक्षम व्यक्ति नै अबको प्रधानमन्त्री हुने बताए ।

एमाले–माओवादीले कम्युनिष्ट शासन ल्याएर स्वतन्त्रता हनन गर्ने आशंका गरिएको छ नि ? भन्ने प्रश्नमा पोखरेलले कडा खण्डन गरेका छन् । कम्युनिष्ट शासन आउँछ र जनताले रुन पनि पाउँदैनन् भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई गम्भीरतापूर्वक लिन जरुरी नभएको उनले बताए ।

“शेरबहादुरजीहरुले के बुझ्नुपर्छ भने अहिलेको संविधान लेख्ने कुराको अगुवाई गर्ने कम्युनिष्टहरु नै हुन् । जनतालाई दिइएको अधिकारका विषयमा कम्युनिष्टहरुको भूमिका छ ।” पोखरेलले बताए । उनले विरोधीको खण्डन गर्दा नकांग्रेसका नेताहरु हतास मनस्थितिमा पुगेको पोखरेलको तर्क छ ।

Advertisement

Advertisement

Advertisement