राष्ट्र बैंकले आज सात अर्ब ७३ करोडको ट्रेजरी बिक्री गर्दै

Advertisement

काठमाडौंः नेपाल राष्ट्र बैंकले सोमबार सात अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको छ । बोलकबोलको माध्यमद्वारा बाँणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनिहरुको लागि उक्त परिमाणमा ट्रेजरी बिल जारी गर्न लागेको राष्ट्र बैंकले जनाएको हो ।

जारी मिति कात्तिक २८ गते तोकिएको उक्त खरिदका लागि आज अपराह्न दुई बजे सम्म आवेदन दिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार बिक्री गर्ने ट्रेजरीमध्येमा २८ दिने अवधिको तीन अर्ब, ९१ दिने अवधिको दुई अर्ब ५३ करोड र एक सय ८२ दिने अवधिको दुई अर्ब रुपियाँ रहेको छ ।

यसअघि राष्ट्र बैंकले विभिन्न अवधिका पाँच अर्ब ९७ करोड रुपियाँको ट्रेजरी बिक्री गरेको थियो ।

Advertisement

Advertisement

Advertisement