सार्वजनिक यातायातमा उडुस, उपियाँ र जुम्रा ! सफा नराखे कारवाही थाल्छौं- खनाल

Advertisement

काठमाडौं: काठमाडौँमा गुड्ने सार्वजनिक सवारी साधन भित्र र बाहिर सफा नराखे अव देखि ट्राफिक प्रहरीले कारवाही गर्ने जनाएको छ ।

"हामी चड्ने सार्वजनिक सवारी साधनभित्रै उडुस, उपियाँ र जुम्रा हाम्रो छुट्टै अनुगमनका साथीहरुले फेला पारेका छन्, अव त्यस्ता साधनहरु सफा र चढ्न योग्य नबनाइए हामी कारवाहीको प्रक्रिया थाल्छौं," ट्राफिक प्रहरी प्रमुख सर्वेन्द्र खनालले सोमबार आयोजित संयुक्त व्यवसायी तथा मजदुर प्रशिक्षण कार्यक्रममा भने ।

कार्यक्रम ट्राफिक प्रहरी महाशाखा र यातायात व्यवसायी राष्ट्रिय महासंघले संयुक्त रुपमा आयोजन गरेको थियो ।

उनले भने सार्वजनिक ट्याक्सीको समेत हालत उही भएको खानाले बताए ।

अहिले राजधानीमा संचालनमा रहेका सबै बस, माइक्रो, ट्याक्सी टेम्पो सबै सवारीका साधन बाहिर र भित्रै निकै फोहर हुने गर्दछ ।

यातायत व्यवसायीले पनि सार्वजनिक यातायात सफा राख्ने विषयमा सहमति जनाइसकेका छन्।

‘हाम्रो उपत्यकामा चल्ने सवारी साधन निकै फोहर भयो, भित्र धेरै नै फोहर पाइयो, बाहिर त फोहर हुन्छ नै भित्र यात्रु फोहरमा यात्रा गर्न बाध्य भए, ‘खनालले भने, ‘त्यही भएर सफा नगर्ने सवारी साधनलाई हामी कारबाही गर्छौ ।’

चिटिक्क कपडा लगाएर सार्वजनिक सवारी साधन चढेर कार्यालय जाने अवस्था नै नभएपछि यस्तो गर्नुपरेको खनालले बताए।

खनालले गाडी भित्र चिटिक्क सफा गर्ने, सिटहरु सफा राख्ने, मैलो र गन्हाउने सिट कभरहरु फालेर नयाँ लगाउन सबै यातायत व्यवसायीहरुसँग आग्रह गरे ।

ट्राफिक प्रहरीले केही समयअघि उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन भित्र कत्तिको सफा छ भनेर अनुगमन गरेको थियो।

सवारी साधन सफा गरेपनि धुलै धुलोले एकै छिनमा फेरि उस्तै बनाउने र समय समयमा मात्र सफा गर्ने गरेको चालकहरुले बताएका छन्।

यातायत व्यवसायीहरुले पनि सडकको अवस्था राम्रो भए सवारी साधनको अवस्था पनि राम्रो हुने बताए।

नेपाल राष्ट्रिय यातायत व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले सरकारले पुर्वाधारको विकास गरे आफूहरु सोही अनुसार चल्ने बताए।

हाल बागमती अञ्चल यातायात व्यस्वथा विभागमा दर्ता भएका बस ११ हजार ७ सय ८४, मिनी बस ११ हजार २ सय, माइक्रो २३ सय ४५ र टेम्पो २५ सय २८ वटा चल्छन् ।

Advertisement

Advertisement

Advertisement