आर्यन र साम्राज्ञी 'कायरा'मा सँगै अभिनय गर्दै

Advertisement

काठमाडौंः कुनै समयका सफल र चर्चित नायकका रुपमा परिचित आर्यन सिग्देल अहिले लगातार असफल भएपछि सफलता पाउन लागि पर्दैछन् । आर्यन अभिनीत चलचित्र फ्लप भइरहेका बेला उनले धेरै पुरानो दुस्मनी भुल्दै रेखासँग 'रुद्रप्रिया'मा अभिनय गरे ।

तर, त्यस चलचित्र पनि सफल हुन नसकेपछि उनी अहिले साम्राज्ञीसाँग अभिनय गर्न लागेका हुन । उनी आफ्नै होम प्रोडक्शन हाउस आर्यन सिग्देल इन्टरटेन्मेन्टबाट निर्माण हुने चलचित्रमा मात्र काम गर्ने बताएका आर्यनले नयाँ प्रोजेक्टमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँध्ने भएका छन् ।

‘कायरा’ नाम राखिएको उक्त चलचित्रमा आर्यन र साम्राज्ञीले एकसाथ स्क्रिन शेयर गर्न लागेका हुन् । चलचित्रलाई लक्ष्मण रिजालले निर्देशन गर्नेछन् । स्रोेतका अनुसार साम्रज्ञीले चलचित्रका लागि सम्झौता गरिसकेकी छिन् ।

साम्राज्ञीले कायराको लागि महगो पाश्रिमिकमा सहमती गरेको बुझिएको छ । तर, निर्माणपक्षले यस विषयमा कुनैपनि जानकारी दिएको छैन । साम्राज्ञीले आर्यनको यो प्रोजेक्टपछि अर्का चकलेटी नायक प्रदीप खड्कासँग फिल्म 'भैरवी'मा काम गर्दैछिन् ।

'ड्रिम्स'मा अनमोल केसी र 'ए मेरो हजुर २' मा सलिनमान बनियाँसँग साम्राज्ञीले अभिनय गरिसकेकी छिन् ।

Advertisement

Advertisement

Advertisement