सेयर बजारमा सुधार जारी, आज पनि दोहोरो अंकले उक्लियो नेप्से

Advertisement

काठमाडौंः तिहारपछि आइतबार मात्रै सेयर बजारमा देखिएको उच्च दरको सुधार सोमबार पनि कायम रह्यो । आइतबार १६ अंकभन्दा बढिले उक्लिएको सेयर बजार परिसुचक नेप्से आज भने १३ दशमलव ६० अंकले उक्लिएर एक हजार ४९० पार गरेको छ ।

होटल र विकास बैंकबाहेक अन्य समूहको उपसुचक बढेको छ । जसमा जलविद्युत समूहको मात्रै चार दशमलव १५ प्रतिशतले बढेको छ । त्यसपछि अन्य समूहको वृद्धिदर दुई प्रतिशतभन्दा बढि छ भने वित्त समूहको वृद्धिदर एक प्रतिशतभन्दा बढि छ । बाणिज्य बैंक, बिमा, लघुवित्त र उत्पादनमूलक समूहको वृद्धि भने एक प्रतिशतभन्दा कम छ ।

तिहारपछि लगातार ओरालो लागेको बजार आइतबारबाट उत्साहजनकरुपमा बढेको हो । विश्लेषकहरुले सेयर बजार अब नघट्ने र बरु बढ्नसक्ने अनुमान गरिरहेका थिए । कारोबार रकममा पनि खासै प्रगति हुन नसकिरहेको बेला आज भने आइतबारको तुलनामा झण्डै दोब्बरले कारोबार बढेको छ । आइतबार ३८ करोड रुपियाँको मात्रै कारोबार भएमा आज ७० करोडको सेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement