दुई वटा औषधि पसलमा शिलबन्दी, तरकारीमा पनि अनुगमन सुरु

Advertisement

काठमाडौँ: नियमविपरीत सञ्चालनमा रहेको काठमाडौँका दुई औषधि पसललाई सोमबार शिलबन्दी गरिएका छन् ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले हिजो उपत्यकाको विभिन्न स्थानमा गरेको अनुगमनका क्रममा नरदेवीमा रहेको कुशल डेण्टल क्लिनिक प्रालि र सागर प्याथोलोजी ल्याबले स्विकृति नलिई सञ्चालन गरेको पाएपछि शिलबन्दी गरेको हो ।

अनुगमन संयोजक दिपकराज पोखरेलसहितको टोलीले आज शिलबन्दी गरिएको दुवै औषधि पसललाई तीन दिनभित्र आवश्यक कागजपत्र लिई विभागमा आउन निर्देशन दिएको छ ।

पछिल्लो समय तरकारीमा भएको मूल्यवृद्धिलाई कम गर्न पनि विभागले रातिको समयमा अनुगमनलाई प्रभावकारी रुपमा अघि बढाएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले जानकारी दिए ।

सामान खरिद गर्दा म्याद, मूल्य र प्रयोग गर्न सकिने मिति ख्याल गर्न पनि आम उपभोक्तालाई उनले अनुरोधसमेत गरे ।

Advertisement

Advertisement

Advertisement