राम रहीम जेलमा बिताइरहेका छन् विलासी जीवन

Advertisement

एजेन्सीः आफ्ना महिला अनुयाइलाई बलात्कार गरेको आरोपमा जेल सजाए भोगी रहेका गुरमीत राम रहीम बाबा जेलमा विलासी जीवन विताइरहेका छन् । उनी जेलको प्रचलीत नियम अनुसार काम पनि गर्दैनन् ।

यस घटनाको खुलासा उक्त जेलबाट जमानतमा छुटेका एक युवक ( राहुल जैन) ले गरेका हुन । उनका अनुसार बाबाको लागि जेलमा स्पेशल ट्रीटमेन्ट उपलब्ध रहेको छ । साथै बाबाको लागि बाहिरबाट स्पेशल खाना आउने गर्छ । तर, उक्त खाना पहिला जेलका अफिसरले खाएपछि मात्र बाबालाई दिइन्छ ।

जेलबाट बाहिर आएका राहुल जैनका अनुसार बाबा जेल गएको दिन देखि त्याँहाका कैदी चिन्तित भएका छन् । राम रहीम आएदेखि त्याँहाका एक कैदीले अर्का कैदीबिच पनि भेटघाट गर्न पाएका छैनन् । जेलका निरिक्षकको व्याबहार अरु कैदीका लागि सुखद रहेको छैन् । राम रहीमलाई भेट्न आउने हरु घन्टौं सम्म बस्न पाउछन् भने अरु कैदीका परिबारलाई थोरै समयमा जेल बाहिर पठाइन्छ ।

राहुलले बताए, जब राम रहीमलाई सुनारिया जेलमा लगिएको थियो, त्यस बेला सबै कैदीलाई बंद गरिनुका साथै उनीहरुसँग अनौठो व्याबहार गरिएको थियो । साथै पत्रिकामा छापिने बाबाको खबर पहिलेनै काटिएपछि मात्र अन्य कैदीलाई पत्रिका पढ्न दिइन्छ ।

Advertisement

Advertisement

Advertisement