चार पटकको विजेता इटाली विश्व कपमा छनोट भएन

Advertisement

एजेन्सीः विश्व फुटबलको महाशक्ती इटाली रुस विश्व कप २०१८ मा छनोट हुन असफल भएको छ । सोमबार राती सानसिरोमा भएको खेलमा स्विडेनले गोलरहित बराबरीमा रोकेपछि चार पटकको विजेता इटाली छनोटबाट बाहिरिएको हो ।

इटाली सन् १९५८ यता पहिलो पल्ट विश्वकपमा छनोट हुन असफल भएको हो । उक्त नतिजापछि स्विडेनले १-० गोलको जित निकाल्न सफल भएको हो । यसअघि स्विडेनको घरेलु मैदानमा भएको खेलमा इटाली १-० गोलले पराजित भएको थियो । तर, इटालीले जित निकाल्नु पर्ने दोस्रो लेगमा पर्याप्त मौका पनि सिर्जना गर्न सकेन् ।

सन् २००६ को विश्वकप विजेता इटाली छनोटबाट बाहिरिएपछि सानसिरोमा उपस्थिति ७४ हजार दर्शक निराश भएका थिए । सन् १९३० मा पहिलो संस्करणको विश्वकप नखेलेको इटाली सन् १९५८ मा पनि छनोट हुन सकेको थिएन् ।

यस नतिजापछि इटालीका गोलरक्षक जियानलुगनी बुफोनले अन्तर्राष्ट्रिय फुटबलबाट पनि सन्यास लिएका छन् ।

Advertisement

Advertisement

Advertisement