१० औं आर्थिक शिखर सम्मेलन काठमाडौँमा शुरु हुँदै, दिगो विकास लक्ष्य प्राप्ति मुख्य उदेश्य

Advertisement

काठमाडौं: दक्षिण एशियाली राष्ट्रहरुको दिगो विकासको लक्ष्य प्राप्त गर्न एकीकृत आर्थिक रणनीति बनाउने उद्देश्यका साथ १०औं आर्थिक शिखर सम्मेलन मङ्गलवारदेखि काठमाडौंमा शुरु हुँदैछ ।

सम्मेलनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्दैछन् । राष्ट्रिय योजना आयोग, वाणिज्य मन्त्रालय र साउथ एशिया वाच अन ट्रेड, इकोनोमिक्स एण्ड इन्भाएरोन्मेण्ट (सावती)ले संयुक्त रूपमा गर्न लागेको उक्त आर्थिक सम्मेलन क्षेत्रीय व्यापार प्रवद्र्धनका लागि लगानीको सम्भाव्यता खोजी गर्न केन्द्रित रहने छ ।

दुईदिने सम्मेलनले अन्तरक्षेत्रीय लगानीको सम्भाव्यता खोजी गर्ने, समावेशी विकासका कार्यक्रम ल्याउने, मौसम परिवर्तनको विषयमा क्षेत्रीय सहकार्य विस्तार गर्ने, प्रकोप न्यूनीकरणका लागि सहकार्य बढाउनेलगायत विषयमा प्राथमिकताका साथ छलफल गर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए ।

सम्मेलनमा दक्षिण एशियाली राष्ट्रका ३ वाणिज्य मन्त्री, योजनाविद्हरू, राजदूतहरू, सांसद र उच्चपदस्थ अधिकारीहरू गरी २ सयभन्दा बढीको सहभागिता रहको छ ।

Advertisement

Advertisement

Advertisement