गौचन हत्यामा संलग्न एक आरोपी पक्राउ, तीन बजे पत्रकार सम्मेलन

Advertisement

काठमाडौं: नेपाल प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम भने अहिले गोप्य राखेको छ र यसवारे जानकारी दिन तीन बजे नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा पत्रकार सम्मेलन राखेको छ ।

गौचनको असोज २३ गते बानेश्वरको खरिबोटमा दिउँसो गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासंघ कार्यालय आउने क्रममा उनीलाई गोली हानिएको थियो ।

गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको शिशामा ढुंगा प्रहार गरेको थियो । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो ।

 

Advertisement

Advertisement

Advertisement