नेप्से १५ सय अंकबाट माथि उक्लियो, १६५ मा १४० कम्पनीका लगानीकर्तालाई नाफा

Advertisement

काठमाडौंः सेयर बजार परिसुचक नेप्से एक हजार पाँचसय अंकबाट माथि उक्लिएको छ । मंगलबार भएको कारोबारमा नेप्से २५ अंक बढेर एक हजार ५१६ कायम भएको छ । कारोबार रकममा पनि विगतका दिनहरुमाभन्दा निकै सुधार आई ७५ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

आज सबै समूहका लगानीकर्ताले फाइदा लिन सफल भएका छन् । सबैभन्दा बढि वित्त समूहको उपसुचक तीन दशमलव ३६ प्रतिशतले बढेको छ भने बाणिज्य बैंक समूहको एक दशमलव ७० प्रतिशतले, विकास बैंक समूहको एक दशमलव ५८ प्रतिशतले बढेको छ ।

त्यस्तै, उत्पादनमूलक समूह दुई दशमलव ३५ प्रतिशतले, बिमा एक दशमलव ३९ प्रतिशतले, जलविद्युत दुई दमलव ९३ प्रतिशतले बढेको छ भने बाँकी समूहको वृद्धि एक प्रतिशतभन्दा कम छ । आज कुल १६५ वटा कम्पनीको सेयर किनबेच भएकोमा जम्मा १५ वटा कम्पनीका लगानीकर्ताले मात्रै गुमाएका छन् भने १४० कम्पनीका लगानीकर्ताले नाफा गरेका छन् ।

Advertisement

Advertisement

Advertisement