पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा सम्याउन शुरु

Advertisement

पोखराः पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको जग्गा सम्याउन शुरु गरेको छ ।

डोजर, एक्साभेटर, लोडर र टिपरले जग्गा सम्याउने, माटो ओसार्नेलगायत काम गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए । अहिले एक सयभन्दा बढी नेपाली कामदार विमानस्थलको निर्माणमा खटिएका छन् । कम्पनीले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण सकेको छ ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्ने ४२ वर्षदेखिको पोखरेलीको सपना हो । मुलुककै गौरवशाली आयोजनाको रुपमा रहेको सो विमानस्थलको निर्माण सन् २०२० जुलाई सम्ममा सक्ने लक्ष्य राखिएको छ । विसं २०३२ मा पोखरा–लेखनाथ महानगरपालिका–१४ छिनेडाँडामा विमानस्थल निर्माण गर्न तीन हजार एक सय छ रोपनी जमिन अधिग्रहण गरिएको थियो । पछि थप छ सय २९ रोपनी जमिन अधिग्रहण गरिएको हो ।

चीनको एक्जिम बैंकको करिब २२ अर्ब रुपियाँको ऋृण सहयोगमा विमानस्थल निर्माण गरिन लागिएको हो ।

Advertisement

Advertisement

Advertisement