कम्युनिष्टहरुले मुलुकलाई अस्थिरतामा र जनतालाई गरिवीमा राख्ने खेल खेल्दै आएः पौडेल

Advertisement

दमौली: काँग्रेस वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई दिलाउने प्रतिवद्धता जनाएका छन् ।

पोखरीछापमा आयोजित चुनावी सभामा नेता पौडेलले तनहुँ जलविद्युत् आयोजनाको १० प्रतिशत शेयर स्थानीय बासिन्दालाई दिलाउने बताएका हुन ।

तनहुँ जलविद्युत आयोजना काँग्रेस कै पहलमा आएको भन्दै उनले सम्पन्न गराउने जिम्मेवारी पनि आफ्नो भएको बताए । नेता पौडेलले अब पार्टीको ध्यान आर्थिक विकास मात्रै केन्द्रित हुने भन्दै तर कम्युनिष्टहरुले मुलुकलाई अस्थिरतामा राख्ने र जनतालाई गरिवीमा राख्ने खेल मात्रै खेल्दै आएको बताए ।

झुट र भ्रमको खेती गर्ने कम्प्यूनिष्टको विश्वास गर्न नसकिने भन्दै उनले काँग्रेस किसान र मजदुरको पार्टी भएकाले त्यो बर्षको उत्थानका लागि जलस्रोत र पर्यटनसँगै कृषिको पनि विकासको जोड दिनुपर्ने, हरेक नेपालीको आयस्तर बढाउनुपर्ने काम गर्नुपर्ने बताए ।

कार्यक्रममा समानुपातिकका उम्मेदवार लक्ष्मी आचार्य, सरिता गुरुङ, पूर्व सांसद रामचन्द्र पोख्रेल, काँग्रेस नेता समुन्द्र गोदार लगायतले लोकतान्त्रिक शक्तिले जिते मात्रै देशको विकास हुने भन्दै कम्युनिष्टहरुको नियत ठिक नभएको बताए ।

Advertisement

Advertisement

Advertisement