आशा लघुवित्तले १० करोड मूल्यको आइपीओ जारी गर्दै

Advertisement

काठमाडौं : नुवाकोटको मदानपुरमा प्रधान कार्यालय रहेको आशा लघुवित्त वित्तीय संस्थाले तीन लाख कित्ता प्राथमिक शेयर (आइपीओ) जारी गर्ने तयारी गरेको छ ।

लघुवित्तले जारी पुँजी १० करोड रुपियाँको ३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव यही मंसिर २३ गते बोलाइएको प्रथम वार्षिक साधारण सभाले पारित गर्नेछ ।

कम्पनीले आइपीओ जारी गर्दा आवश्यक पर्ने सबै कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभामा लैजाने भएको छ ।

सभाले संस्थापक समूहबाट ४ जना सञ्चालकहरुको निवार्चन पनि गर्ने भएको छ ।

Advertisement

Advertisement

Advertisement