सेयर बजारमा फेरि ब्रेक, नेप्से ११ अंकले ओर्लियो

Advertisement

काठमाडौंः साताका अघिल्ला तीन दिन उत्साहजनकरुपमा बढेको सेयर बजार बुधबार भने ब्रेक लागेको छ । सेयर बजार परिसुचक नेप्से आज ११ दशमलव २३ अंकले झरेर एक हजार ५०४ अंक कायम भएको छ ।

आज कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार ७५ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएकोमा आज ४९ करोडमा सीमित भएको छ । जलविद्युत र वित्तीय क्षेत्रका कम्पनीहरुको सेयर घट्दा नेप्से फेरि तल झरेको हो । यद्यपि होटल, उत्पादनमूलक र अन्य समूहको कारोबार भने आज पनि राम्रो रह्यो ।

Advertisement

Advertisement

Advertisement