राष्ट्रपति ट्रम्पः अब उत्तर कोरियाको आणविक दादागिरी चल्दैन

Advertisement

वासिङ्टनः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो एसिया भ्रमणको बचाउगर्दै आफ्नो उक्त भ्रमणले उत्तर कोरियामाथि दबाब उत्पन्न गरेको बताए ।

उनले भन– मेरो एसिया भ्रमणबाट उत्तर कोरियामाथि ठूलो दबाब श्रृजना भएको छ, अब उसले विश्वमा आणविक दादागिरी देखाउन सक्दैन ।

उनी करिब दुई हप्ताको एसिया भ्रमणपछि मङ्गलबार मात्र अमेरिका फर्किएका छन् । बुधबार अमेरिकी एक टेलिभिजनमा दिएको वक्तव्यमा उनले सो धारणा राखेका हुन् ।

उनले आफ्नो एसिया भ्रमणबाट उत्तर कोरियाका विरुद्धमा जनमत निर्माण गर्न सघाउ पुगेको पनि सो सम्बोधनका बताए ।

उनी एसियाका पाँच देश दक्षिण कोरिया, जापान, चीन, भियतनाम र फिलिपिन्सको भ्रमणमा जागएका थिए । उनले १२ दिनसम्म लगातार ती देशको भ्रमणमा बिताएका थिए ।

विश्वले शान्ति र समृद्धि खोजिरहेको बेला उत्तर कोरियाले भने आणविक क्षेप्यास्त्रको होडबाजी चलाएको भन्दै उत्तर कोरियाली शासकलाई क्रुर र तानाशाहको संज्ञा पनि उनले दिएका थिए ।

साथै ती देशका जनताले उत्तर कोरियाको आणविक होडबाजीको पछिल्लो क्रियाकलापको पनि कडा शब्दमा निन्दा गरेको अनुभव पनि उनले सो सम्बोधनका क्रममा व्यक्त गरेको समाचारमा जनाइएको छ ।

सोही कारण पनि अहिले समग्र विश्व नै अमेरिकी नागरिकको साथमा रहेको, उत्तर कोरियाको सो क्रियाकलापको विरुद्धमा रहेकोले अब उसको हतियार र आणविक क्षेप्यास्त्रको दादागिरी नचल्ने निष्कर्ष आपूmले निकोले पनि उनले बताएका थिए ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरियालाई आफ्ना सबै परमाणु हतियारहरु परित्याग गरेर वार्ताको टेबलमा आउन र सबै विषयमा छलफल गर्न दक्षिण कोरियाबाट आह्वान गरेका थिए ।

राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाको संसदमा गर्दै अमेरिकाले प्योङयाङका विरुद्धमा सेना परिचालन गर्ने अवस्था नआओस भनेर पनि सोचिरहेको स्पष्ट पारेका थिए ।

पछि उनले चीन भ्रमणका क्रममा पनि कोरियाली प्रायद्वीपको मुद्दाका बारेमा समन्वय गर्न चिनियाँ राष्ट्रपति सि जिन पिङलाई पनि आग्रह गरेका थिए ।

सो आग्रहपछि राष्ट्रपति सिले पनि कोरियाली प्रायद्वीप र अफगानिस्तानको मुद्दामा चीनले अमेरिकासँग समन्वय गर्ने बताएका समाचारमा जनाइएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटपछि राष्ट्रपति सिले भनेका थिए, ती विषयमा राष्ट्रपति ट्रम्पसँग कुराकानी भएको छ र हामी त्यसमा साथसाथमै काम गर्न तयार छौँ ।

उत्तर कोरियाका विषयमा विश्वका दुई प्रमुख शक्तिराष्ट्र अमेरिका र चीनले गरेको यस वार्तालाई विश्वमा निकै चासोपूर्ण रुपमा हेरिएको छ ।

उनीहरुबीचको सो सहकार्यले आगामी दिनमा उत्तर कोरियाको यो आणविक होडको वातावरणमा परिवर्तन आउन पनि सक्ने अनुमानहरु गरिएका छन् ।

Advertisement

Advertisement

Advertisement