पश्चिम सेती निर्माण सम्झौता: प्राधिकरण र थ्री गर्जेजवीच जेभिएमा हस्ताक्षर

Advertisement

काठमाडौं: नेपाल विद्युत प्राधिकरण र चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच विहिबार ७ सय ५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्न संयुक्त लगानी सम्झौता (जेभिए) मा हस्ताक्षर कार्यसम्पन्न भएको छ ।

आज दिउसो प्राधिकरणका कार्यकारी कुलमान घिसिङले र चाइना थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनका प्रतिनिधिले जेभिएमा हस्ताक्षर गरेका हुन् ।
प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार लगानी बोर्डले जेभिएलाई अनुमोदन गरेपछि आयोजना निर्माणका लागि जेभिएमा थ्री गर्जेजसग हस्तक्षर गरिएको छ

सो परियोजना २० वर्षभन्दा बढीदेखि चर्चामा रहेको थियो ।
अधिकारीका अनुसार कम्पनीमा प्राधिकरण र चाइना थ्रि गर्जेज इन्टरनेसनल कर्पोरेसनको क्रमशः २५ र ७५ प्रतिशत सेयर रहने छ ।

कम्पनीले स्थानीयबासीलाई १० प्रतिशत सेयर दिने छ । प्राधिकरणले लगानी गर्ने २५ प्रतिशत रकम जुट्न नसकेमा चिनियाँ एक्जिम बैंकबाट सहुलितपूर्ण ब्याजदरमा ऋण लिन चाइना थ्रि गर्जेजले सहयोग गर्ने समझदारीमा व्यवस्था छ ।

आयोजनाको अनुमानित लागत एक खर्ब ६० अर्ब रुपियाँ रहेको छ । आयोजनाको लगानी २५ प्रतिशत इक्विटी र ७५ प्रतिशत ऋणबाट जुटाउने प्रस्ताव गरिएको छ । लगानी बोर्डले आयोजनामा विदेशी लगानी स्विकृत गरिसकेको छ ।

Advertisement

Advertisement

Advertisement