दुई भन्दा बढी डिम्याट खाता नराख्न लगानीकर्तालाई ३५ दिने अल्टिमेटम

Advertisement

काठमाडौंः सीडीएस एण्ड क्लियरिङ लिमिटेडले दुइृ वटाभन्दा बढि खाता नराख्न लगानीकर्तालाई ३५ दिनको समयसहित अनुरोग गरेको छ ।

यसअघि असार ११ गते नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार दुई वटाभन्दा बढि डिम्याट खाता सञ्चालन नगर्न र गरेकाहरुले भदौं मसान्तभित्र आफ्ना दुई वटा खातामा धितोपत्रहरु ह्स्तान्तरण गर्न आग्रह सहित त्यसरी हस्तान्तरण गर्दा लाग्ने शुल्कसमेत छुट दिएकोमा अझै केहीले दुईभन्दा बढि डिम्याट खाता सञ्चालन गरेको भन्दै सीडीएसले यही कात्तिक २६ गते प्रकाशित भएको सुचनाको ३५ दिनभित्र दुईभन्दा बढी डिम्याट खाता बन्द गरिसक्न आग्रह गरेको छ ।

लगानी व्यवस्थापनका लागि भन्दै दुईभन्दा बढि खाता नखोल्न आग्रह गरिएको हो । तोकिएको ३५ दिनपछि दुई भन्दा बढी खाता सञ्चालन गर्ने हितग्राहीको सम्पूर्ण खाताहरु रोक्का राख्न यस आफू बाध्य हुने सीडीएस एण्ड क्लियरिङले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement