इतिहाँस रच्नबाट चुक्यो नेपाल, अफगानिस्तानसँग ७ विकेटले पराजित

Advertisement

काठमाडौंः मलेसियाको क्वालालमपुरमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेटको दोस्रो सेमिफाइनल अन्तर्गतको खेलमा नेपाल सेमिफाइनलबाटै बाहिरिएको छ । अफगानिस्तानसँग सात विकेटले पराजित भएपछि नेपालको फाइनल खेल्ने सपना सकिएको हो ।

अफगानी टोलीसँगको नेपालको ब्यटिङ र बलिङ दुबै पक्षलले काम नगरेपछि हार बेहोरेको हो । नेपालले समुह चरणमा बंगलादेशसँग उत्कृष्ट प्रदर्शन गरेको थियो भने भारतलाई पराजित गरेको थियो । त्यसैले अफगाँनसतानविरद्धको खेललाई छ वर्षयता ब्यहोरेको हारको बदला लिने अवसरका रुपमा लिइएको थियो ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल २८ ओभरमा एक सय तीन रन जोड्दै अलआउट भयो । अफगानी टोलीले २० दशमलव तीन ओभरमा तीन विकेटको क्षतीमा लक्ष्य भेट्टायो । अफगानिस्तानका लागि ओपनर रमानुल्लाह गुर्वाज ७१ रन बनाएर सन्दिप लामिछानेको बलमा तथा पवन सर्राफले इक्रम अलीलाई १८ रनको स्कोरमा आउट गरेका थिए ।

नेपालका आसिफ शेखले दुई रन जोडेर आउट भएका थिए । साथै सात रन जोड्दै जितेन्द्र सिंह पनि आउट भए । अनिलकुमार साहले क्रिजमा टिके पनि उनलाई साथ दिन कोही भएनन् । दिपेन्द्र व्यक्तिगत ६ रनमा आउट भए । रोहितकुमार पौडेल ४ रनमै आउट भए । पाचौं विकेटका लागि भीम सार्कीसँगै ३० रनको साझेदारी गरे । भीम पनि ६ रनमै आउट भए ।

अनिलसँग १४ रनको साझेदारी गरेका पवन शरार्फ ८ रनमा आउट भए । अनिल सातौं विकेटका रुपमा व्यक्तिगत ५० रन बनाएर आएट भएका थिए ।

Advertisement

Advertisement

Advertisement