कम्युनिष्ट शासन आयो भने उपभोग गर्दै आएको स्वतन्त्रता खोसिन्छ- देउवा

Advertisement

दार्चुलाः प्रधानमन्त्री शेरबहादुर देउवाले वामगठवन्धन नेपालमा एकदलीय शासन लादने खेलमा लागेको भन्दै लोकतन्त्र पक्षधरहरुलाई चुनाव जिताउन जनतासँग आग्रह गरेका छन् ।

दार्चुलामा शुक्रबार आयोजित कार्यक्रममा उनले मुलुक र प्रजातन्त्र जोगाउन अबको चुनाव कांग्रेसले जित्नुपर्ने भन्दै कम्युनिष्टहरुको विश्वास नगर्न आग्रह गरे । देउवाले कम्युनिष्टहरुको लक्ष्य लोकतन्त्र होइन भन्दै वाम गठबन्धनका कारण लामो संघर्षबाट प्राप्त लोकतन्त्र गुम्ने खतरा बढेको बताए ।

उनले कांग्रेस जिते प्रजातन्त्र जिवित रहने र कांग्रेस हारे नागरिकहरुले स्वतन्त्र रुपमा बोल्न समेत नपाइने भन्दै गएको दुई तीन दशक काँग्रेस प्रमुख शक्ति भएर बसेकाले जनताले स्वतन्त्ररुपमा प्रजातन्त्रको उपभोग गर्न पाएको बताए ।

देउवाले लोकतान्त्रिक शासन व्यवस्थामा मात्र डर त्रासबाट मुक्त हुन्छ कम्युनिष्ट शासन त्यस्तो हुँदैन भन्दै अबको चुनावले लोकतन्त्रको रक्षासँगै मुलुकमा आर्थिक समृद्धि पनि ल्याउने बताए ।

कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले जिल्लामा गरिएका सबै विकास कांग्रेसकै नेतृत्वमा भएको भन्दै काँग्रेसकै नेतृत्वमा मुलुकको संवृद्धि संभव रहेको बताए ।

Advertisement

Advertisement

Advertisement