आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार डराउँदैनन्ः पौडेल

Advertisement

दमौली, तनहुँ: नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताएका छन् ।

भानु नगरपालिकास्थित थानीको थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइए पनि काँग्रेस त्यसबाट विचलित नहुने दृढता व्यक्त गरे ।

“आततायीको त्यस किसिमको क्रियाकलापबाट हामी डराउनेवाला छैनौँ”, पौडेलले भने । भानु नगरपालिकाका नारेश्वरटार, भकुन्थोक र बेल्टारमा आयोजित चुनावीसभा र घरदैलो कार्यक्रममा काँग्रेस नेता पौडेल आज व्यस्त रहँदै लोकतान्त्रिक गठबन्धनका पक्षमा मतदान गर्न सबैमा आग्रह गरे ।

Advertisement

Advertisement

Advertisement