‘देश विकास गर्ने र लोकतन्त्र जोगाउने पार्टी नै काँग्रेस होः डा कोइराला

Advertisement

नवलपरासी: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आगामी निर्वाचनमा निर्धक्क भएर नेपाली काँग्रेसलाई मत दिएर जिताउन आग्रह गरेका छन् ।

बर्दघाट सुस्ता पूर्व नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका डा कोइरालाले आज काँग्रेस नवलपुर क्षेत्र नं १ को चुनावी प्रचारप्रसार अभियानका क्रममा कावासोतीमा कार्यकर्तालाई सम्बोधन गर्दै देश विकास गर्ने र लोकतन्त्र जोगाउने पार्टी नै काँग्रेस भएको बताए ।

डा कोइरालाले जिल्लास्तरीय अस्पताल बनाउने यहाँको योजनालाई आफूले साकार बनाउने प्रतिबद्धता व्यक्त गर्दै यहाँको सम्भावनालाई पहिचान गरी विकास निमार्णलाई अगाडि बढाउनेदेखि प्रादेशिक विश्वविद्यालय स्थापना गरिने आश्वासन दिए । नेता डा कोइरालाले कावासोतीलाई सुन्दर नगरको विकास गर्न आफू लागिपर्ने पनि बताए ।

Advertisement

Advertisement

Advertisement