नेपालको पुँजीबजारमा अवैध पैसा प्रवेश हुनै सक्दैन, किन भने.....अम्बिका पौडेलको विश्लेषण

Advertisement

सेयर बजार निकै उतार चढावको स्थितिमा छ । कतिपयले यसलाई स्वाभाविक मान्छन भने धेरैले अस्वाभाविक । आर्थिक गतिविधि धेरै हुने चुनावको समयमा पनि सेयर बजार सकारात्मक हुननसक्दा लगानीकर्ता निराश भएको अवस्था । पुँजीबजारका यस्तै समस्या र संभावनाका बारेमा कर्पोरेट नेपाल डटकमको टेलिभिजन कार्यक्रम  'कर्पोरेट नेपाल' नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष एवं हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिका प्रवन्ध निर्देशक अम्बिका पौडेलसँग शुक्रबार गरिएको कुराकानी यस्तो छः
  • कस्तो छ सेयर बजारको हालखबर ?
सेयर बजार सामान्य नै छ । त्यस्तो उतार चढाव छैन । कहिले घटने कहिले बढने ।
  • चुनावको माहौलमा त सेयर बजारमा सुधार आउनुपर्ने । अघिल्ला हप्ताहरुमा लगातार घट्यो । कारण के हो ?
सेयर बजारको सम्वन्ध चुनावसँगै हुन्छ भन्ने हुँदैन । चुनाव हुन्छ भन्ने कुरा धेरै पहिलो लगानीकर्ताले बुझेको कुरा हो । सेयर बजारको सम्वन्ध मुलुकको आर्थिक सुचकांकहरुसँग हुन्छ । कम्पनीको वासलातसँग हुन्छ । कम्पनीको पफमेन्टसँग हुन्छ । चुनावसँग भनेको सामान्य सम्वन्ध मात्रै हो
  • अघिल्लो हप्तासम्म लगातार घट्यो । यो हप्ताको सुरुका तीन दिन निकै सुधार आयो । यो सुधार आउनुको कारण चाहीं के हो ?
गएका हप्ताहरुमा लगातार सेयर घटनुको कारण कम्पनीहरुको प्रथम त्रैमासिक व्यालेन्स सिट हो बैंक तथा वित्तीय संस्थाहरुको । गत बर्ष सुचीकृत कम्पनीहरुको जुन किसिमको वृद्धि थियो, यो बर्ष त्यो खालको वृद्धि भएन भन्ने लगानीकर्तामा भित्रबाट सोचाई आयो । त्यो कारणले उहाँहरु ब्जारप्रति नेगेटिभ भएको अवस्था हो । तर, पुँजीबजार भनेको त्यसरी सँधै घट्ने पनि होइन । तलमाथि भइरहन्छ । यो नियमित चक्र हो ।
  • सेयर बजार घट्बढमा सबैभन्दा पहिला राजनीतिलाई जोडिन्छ । के राजनीति साँच्चै जोडिन्छ र ?
राजनीति सबै नीतिको मुल नीति हो । राजनीतिको सम्वन्धै हुन्न भन्ने हुँदैन । तर, राजनीति बिग्रिएको र सेयर बजार घट्नुपर्ने कुनै कारण छैन । राजनीति सही ढंगले जाँदा साथसाथै आर्थिक नीति र आर्थिक क्षेत्रका अन्य सुचकहरु रामो भएको अवस्थामा पुँजीबजार राम्रो हुन्छ ।
  • चालु आर्थिक बर्षका पहिलो त्रैमासमा धेरै बैंकहरुको मुनाफा घट्यो । कारण के हो ?
यसलाई घट्यो भन्दा पनि...। केही बैंक तथा वित्तीय संस्थाको नाफा घटेको छ । यसको कारण गत बर्ष उनीहरुको बचत तथा मुद्दतीमा ब्याजदर बढ्यो । त्यो अनुसार उनीहरुले ऋणको ब्याजदर बढाउन नसकेको हुनसक्छ । व्यवसाय पनि विगत बर्षको भन्दा अल्लि सुस्त भयो । तर भएको के हो भने केही बैंक तथा वित्तीय संस्थाको नाफ घटेको छ । तर पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको क्यापिटल बढेको अवस्था हो । बढेको क्यापिटलको रेसियो नाफ बढ्छ भन्ने हुँदैन । त्यसको लागि केही समय लाग्छ । कसैको चैत बैशाखमा क्यापिटल उठायो होला, कसैलेको जेठमा उठयो होला । त्यसले गर्दा ब्यालेन्ससिट बढ्यो । त्यो आधारमा इपीएस नबढेको हुँदा मिडियामा आउँदा नाफा घटेको भनियो । प्रतिसेयर आम्दानी पुँजीको आधारमा मात्रै घटेको हो । समग्रमा नाफा घटेको छैन ।
  • सेयर बजारमा अवैध पैसा प्रवेश भयो । लागू औषधको पैसा लगानी भयो भनेर मिडियामा आएको थियो । त्यस्तो भएको छ र ?
नेपालको पुँजीबजारमा कुनै पनि अवैध पैसा प्रवेश हुन सक्दैन । नबुझेको मानिसको पछाडि लागेर हामी हिंड्ने विषय रहेन । किन यस्तो अवैध पैसा प्रवेश गर्दैन भने तपाईंले कुनै सेयर खरिद गर्नुभयो भने त्यो बैंकमार्फत मात्रै भुक्तानी गर्न सक्नुहुन्छ । चेक दिएर मात्रै गर्न सक्नुहुन्छ । बैंकमा जाँदा त्यहाँ सम्पत्ति शुद्धीकरण ऐन छ । अरु छ । बैंकले त्यही सर्टिङ गर्छ । डाइरेक्टली कसैले बोरामा पैसा बोकेर, कसैले झोलामा पैसा बोकेर ब्रोकरबाट सिधै सेयर खरिद गर्ननसक्ने हुनाले त्यस्तो किसिमको अवैध पैसा नेपालमा पुँजीबजारमा प्रवेश गर्न संभव छैन ।

थप कुराकानी भिडियोमा हेर्नुहोस ।

Advertisement

Advertisement

Advertisement