रामगोपालपुर पुग्यो ज्योति बिकास बैंक

Advertisement

काठमाडौँ: ज्योति बिकास बैंकको देशभर आफ्नो शाखा संजाल ४६ पुगेको छ । शुक्रबार महोत्तरीको रामगोपालपुरमा ४६ औं ज्योतिले नयाँ शाखा बिस्तार गरेको हो ।

रामगोपालपुरको शाखा उद्घाटनमा बैंकमा नायव मुख्य कार्यकारी अधिकृत मनोज ज्ञवाली लगायतका अधिकारीहरु सहभागी थिए ।

ज्योतिले शहर र गाउँ सबैतिर आफ्नो उपस्थिति बलियो पार्ने अभियान अन्तर्गत दु्रत रुपमा शाखा बिस्तार थालेको ज्ञवालीले बताए ।

तराईका राजमार्ग केन्द्रित क्षेत्रमा शाखा बिस्तार गरेर उसले राजधानी बाहिरको कारोबारलाई पनि उत्तिकै महत्व दिएको छ ।

ज्योतिले दमक, बिर्तामोड, जनकपुर, खुर्साने, गोलबजार, धनगढी काठमाडौको पेप्सीकोला, नेपालटार, कालीमाटी, ठमेल लगायतका स्थानमा पनि चाँडै शाखा बिस्तार गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement