सडक अतिक्रमण गरी बनेका घरटहरामा सर्वेन्द्रले चलाए डोजर

Advertisement

काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ सफाइ कार्यक्रम अन्तर्गत चक्रपथ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको छ ।

हरेक शनिबार चक्रपथ सफाइ अभियान थालेका महाशाखाले आज सानोभ¥याङ क्षेत्रमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाएको हो ।

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले सडक अतिक्रमण गरी निर्माण भएका र राखिएका भौतिक संरचनालाई हटाउने काम गरिएको बताए । “कोटेश्वरदेखि कलंकीसम्म चीन सरकारले चक्रपथ निर्माण गर्ने भएपछि महाराजगञ्जदेखि कलंकीसम्म सफाइ हामीले गरेका हौँ,”– उनले भने ।

महाशाखाले दशैँ अगाडिदेखि चक्रपथ सफाइ अभियानलाई निरन्तरता दिएको छ । चक्रपथ सुधार तथा ट्राफिक व्यवस्थापनमा यो अभियानले सहयोग पुग्ने महाशाखाले जनाएको छ ।

यसैबीच आज नेपाल प्रहरी, ट्राफिक प्रहरी र स्थानीय संघ संस्थाको सहयोगमा वाग्मती सरसफाइ अभियानअन्तर्गत आर्यघाट पारी राममन्दिर क्षेत्रमा पनि सरसफाइ गरिएको छ ।

Advertisement

Advertisement

Advertisement