प्रचण्ड पुत्र प्रकाशको निधन

Advertisement

काठमाडौंः माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको छ । समाचारहरुका अनुसार आइतबार बिहानै नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । पिता प्रचण्ड आएपछि औपचारिक घोषणा गरिने छ । झापामा रहेका प्रचण्ड हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् ।केही बेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

अस्पतालमा अहिले सुरक्षाकर्मी र सर्वसाधारणको भिड लागेको छ । दाहाललाई आइतबार बिहानै  अचेत अवस्थामा ल्याइएकोमा चिकित्सकहरुले साढे पाँच बजेतिर मृत घोषणा गरिसकेका थिए ।

प्रचण्डसँगै जाने गरेका प्रकाश झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएर आमासँग बसेका उनीलाई बिहानै अचेत अवस्थामा अस्पताल ल्याइएको थियो ।

सँगै दाहालकी कान्छी पत्नी विना मगर धनगढीबाट काठमाडौं आउँदै छन् भने एमाले अध्यक्ष केपी ओली पनि नर्भिक अस्पताल आउने बताइएको छ । प्रकाशको निधनको खबरसँगै चितवनलगायतका उनका परिवारका सदस्यहरु उम्मेदवार रहेको स्थानमा चुनाव प्रचार प्रभावित भएको छ ।

Advertisement

Advertisement

Advertisement