सुरक्षा व्यवस्था कडा पारिने प्रमको प्रतिबद्धता

Advertisement

डडेल्धुराः प्रधानमन्त्री शेरबहादुर देउवाले उमेदवारमाथि भएका आक्रमण रोक्न सुरक्षाको व्यवस्था कडा पारिने बताएका छन् ।

नेपाल प्रेस युनियन डडेल्धुराले आज बिहान गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले उम्मेदवारको सुरक्षाका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताउँदै आफू सोमबार राजधानी फर्केपछि सबैसँग छलफल गरी सुरक्षा व्यवस्था अझै कडा पारिने बताए ।

“माओवादी विप्लव समूहबाहेक अरु कसैले पनि आतंक मच्चाएको खबर छैन, हमला गर्ने र हमलाको प्रयास गर्नेलाई पक्राउ गरी कडा कारबाही गरिनेछ । सुरक्षा व्यवस्था कडा पारी भव्य रुपमा चुनाव भएरै छाड्छ, यसमा शंका गर्नुपर्ने कुनै कुरा छैन”, प्रधानमन्त्रीले भने ।

अर्को प्रसङ्गमा प्रधानमन्त्री देउवाले सरकार र चिनियाँ कम्पनी ‘थ्री गर्जेज’बीच पश्चिम सेती परियोजना निर्माण गर्न लगानी सम्झौता भइसकेको जानकारी दिँदै भने, “अब त पश्चिम सेती परियोजना आइसक्यो, थ्री गर्जेज कम्पनी ठूलो कम्पनी हो, धेरै विद्युत् आयोजना परियोजना निर्माण गरिसकेको कम्पनी भएकाले उसमा हाम्रो विश्वास छ ।”

Advertisement

Advertisement

Advertisement