सेयर बजारमा गिरावट अझै रोकिएन, नेप्से दोहोरो अंकले झर्यो

Advertisement

काठमाडौंः केहिदिन देखि जारी रहेको सेयर बजार ओरालो लाग्ने क्रम साताको पहिलोदिन आइतबार पनि रोकिएन । आज नेप्से करिव १४ अंकले झरेर एक हजार ४७५ दशमलव ७२ अंकमा आइपुगेको छ ।

मुलुकमा चुनावी माहौलले गर्दा आर्थिक क्रियाकलापहरुमा निकै वृद्धि भए पनि त्यसको सकारात्मक प्रभाव पनि सेयर बजारमा नदेख्दा लगानीकर्ता चिन्तित भएका छन् । कारोबार रकममा पनि अझै खासै सुधार आउन नसक्नुले लगानीकर्ताहरु पर्ख र हेरको स्थितिमा रहेको बुझिन्छ ।

आजको समूहगत परिसूचक हेर्दा उत्पादन मुलक बाहेक सबै समूह ओरालो लागेको छ । सबैभन्दा बढि गिरावट इन्सोरंस समूहको १३४ दशमलब ३३ अंक छ भने होटेल समूहको ८५ दशमलब २५ अंक छ ।

यद्यपी, उत्पादन मुलक समूह ६ दशमलब ८२ अंकले बढेको छ । आज नेप्सेमा १५६ कम्पनीहरुको ४५ करोड बराबरको ११ लाख ५५ हजार ६९२ कित्ता सेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement