एलजीको नयाँ ‘टप लोड वासिङ मेशिन’ बजारमा

Advertisement

काठमाडौंः कोरियाको अन्तर्राष्ट्रिय लोकप्रिय ब्राण्ड एलजीको ‘टप लोड वासिङ मेशिन’ नेपाल बजारमा आएको छ । सात र आठ केजीमा उपलब्ध यी वासिङ मेशिन ३६ प्रतिशतसम्म उर्जा बचत गर्दछ ।

यी दुई वासिङ मेशिनमा टुर्वो ड्रम जडित छन् । यसले तीन फरक किसिमले लुगा धुने नेपालका लागि एलजीको आधिकारिक बिक्रेता चौधरी समूहको सिजी इम्पेक्सले जनाएको छ । यो विशेषतालाई एलजीले स्मार्ट मोशन भन्ने गरेको छ ।

यी दुई मेसिनमा स्मार्ट इन्र्भर मोटर जडित रहेको भन्दै सिजी इम्पेक्सले जसमा १० वर्षको वारेण्टी पनि रहेको जनाएको छ । यो बीएमसी मोटर वाटर प्रुफ र खिया नलाग्ने खालको छ । स्मार्ट क्लोथिङ डोर भएका यी वासिङ मसिन नेपाल बजारमा लोकप्रिय हुने विश्वास लिइएको छ ।

‘द फ्युचर वासिङ’ भन्ने नारासहित नेपालमा बिक्री हुँदै आएका एलजी वासिङ मेशिन बिश्व बजार र नेपाली बजारमा अग्रस्थानमा आफ्नो पहिचान कायम राख्न सफल छ । एलजीका वासिङ मेशिन गुणस्तरीय र नविन उत्पादनका लागि प्रख्यात छ ।

Advertisement

Advertisement

Advertisement