विप्लवबारे किन बोल्दैनन सुरक्षा संयन्त्र ? सेनाले भन्यो - उच्छृंखल तत्व, गृहको नजरमा चुनावविरोधी समहु

Advertisement

काठमाडौँ: उम्मेदवरा केन्द्रित बम आक्रमणका घटना बढिरहेको बेला आईतबार रक्षामन्त्री भीमसेनदास प्रधानले प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई संगै राखेर पत्रकार सम्मेलन आयोजना गरे ।

रक्षा मन्त्रालयलयमा आयोजित पत्रकार सम्मेलन प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका mत्रममा भएका हिंसात्मक घटनामा केन्द्रित थियो ।

मन्त्री प्रधानले चुनावी चहलपहल बढेसंगै सुरु भएको बम विस्फोट घटनाका विवरण सार्वजनिक गर्दै भने र्दुइ सातायता ३४ स्थानमा बम विस्फोट भईसक्यो ।

उनले सुरक्षा संगठनले निर्वाचनका लागि तराई केन्द्रित सुरक्षा योजना बनाएको तर घटनामा पहाड केन्द्रित भएको बताए ।

उनले विस्फोटका घटनामा विप्लव नेत्रविक्रम चन्द नेतृत्वको समहुसंगै अन्य समुह पनि संलग्न रहेको दावी गरे ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

Advertisement

Advertisement

Advertisement