एमविविएसको प्रवेश परीक्षा रद्द

Advertisement

काठमाडौंः एक महिनाअघि लिएको एमबीबीएसको प्रवेश परीक्षा चिकित्साशास्त्र अध्ययन संस्थानले रद्द गरिदिएको छ । त्रिवि कार्यकारी परिषद्को निर्देशन अनुसार स्नातक तह प्रवेश परीक्षा सञ्चालन समितिको आइतबारको बैठकले असोज २८ मा लिएको परीक्षा रद्द गर्ने निर्णय गरेको हो ।

प्रहरीले फेला पारेको उत्तर सेट र संस्थानले लिएको प्रवेश परीक्षाको प्रश्नपत्रको उत्तर सेटमा ६० मध्ये १४ प्रश्नको उत्तर मिलेको थियो । यस आधारमा प्रहरी र मेडिकल काउन्सिलले परीक्षा समयअगावै प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको थियो ।

विश्वविद्यालयले गठन गरेको छानबिन समितिले समेत परीक्षा अमर्यादित भएको निष्कर्ष निकालेपछि त्रिवीको कार्यकारी परिषद्ले नियमअनुसार रद्द गर्न आईओएमलाई निर्देशन दिएको थियो । उक्त परीक्षामा सात मेडिकल कलेजका छ सय २५ सिटका लागि आठ हजार आठ सय २७ जनाले परीक्षा दिएका थिए । अर्को परीक्षा मिति चाँडै घोषणा गरिने छ ।

Advertisement

Advertisement

Advertisement