गोरखामा खुल्यो साधना लघुवित्त

Advertisement

गोरखाः गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा साधना लघुवित्त वित्तीय संस्था लिमिटे खुलेको छ । नेपाल राष्ट्र बैंकका सञ्चालक समिति सदस्य रामजी रेग्मीले उक्त लघुवित्तको उद्घाटन गरेका हुन् ।

रेग्मीले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउनका लागि वित्तीय संस्थाहरुले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताए । उनले वित्तीय संस्थाको मूल लक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पुर्याउने हुनुपर्ने बताए ।

रेग्मीले ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्नका लागि वित्तीय संस्थाको महत्वपूर्ण भूमिका रहने बताए । साथै उनले ग्रामीण क्षेत्रमा उद्यमशिलताको विकास, पर्यटनको प्रर्बद्धनका लागि वित्तीय संस्थाले लगानी गर्नुपर्ने जनाए ।

सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले गोरखावासीहरुको क्रियशिलतामा स्थापित यस वित्तीय संस्थाले पीछडिएका वर्गहरुमा वित्तीय साक्षरता प्रदान गर्दै ब्यवसायिक सफलताको लागि शुभकामना ब्यक्त गरेका थिए ।

गोरखा नगरपालिकाका उपमेयर श्री विना कुमारी श्रेष्ठले महिला शशक्तिकरण गर्न र पूंजीको अभावमा ब्यवसाय शुरु गर्न नसक्ने समूदाय हरुलाई यस साधना लघुवित्त सहयोगी रहने विश्वास ब्यक्त गर्दै ग्रामिण क्षेत्रमा दिगो विकास गर्न सक्षम होस् भनी सफलताको शुभकामना ब्यक्त गरिन् ।

प्राइम कमर्सियल बैंकका सञ्चालक नवराज बजगांई, नेपाल ब्रोकर एसोसिएसनका अध्यक्ष श्री प्रिय राज रेग्मी, गोरखा जिल्लाको स्वास्थ्य क्षेत्रमा अतुलनिय सेवा पु–याउने श्री मोरिट मोडुलर, समाजसेवी श्री दिल वहादुर वस्नेतले वित्तीय संस्थाको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले स्वागत मन्तब्य राख्दै वित्तीय संस्थाको पृष्ठभूमि र भावी योजनाको वारेमा जानकारी गराएका थिए । कार्यक्रममा वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्ण वहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन वित्तीय संस्थाकी वरिष्ठ प्रवन्धक सरिता ढकालले गरेकी थिइन् ।

Advertisement

Advertisement

Advertisement