प्रचण्ड भोलीदेखि चुनावी सभामा सहभागी हुने

Advertisement

काठमाडौंः माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्रशोकमा रहेकै बेला भोलीदेखि चुनावी सभामा जाने भएका छन् । उनी भोली चितवनमा आयोजना गरिने सभामा सहभागी हुने भएका हुन् ।

तर, उनले कार्यक्रममा सम्बोधन भने गर्ने छैनन् । प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार विहान हृदयघातका कारण निधन भएको थियो । त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।

प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement