दाहाललाई समवेदना दिन देउवा, ओली र नेपाल एकै पटक पुगे, सोफामा पनि संगै बसे

Advertisement

काठमाडौँ: पुत्र वियोगमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना दिन प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी ओली र माधव नेपाल दाहाल निवास लाजिम्पाट गएका छन्।

चुनावी माहोलले तताएको राजनीति त्यहाँ पुग्दा नेताहरु भने केहि सेलाएका थिए । सधै एक-अर्काका बिरोधि देखिएका ओली, देउबा र माधव नेपाल दाहाल निवाशमा भने एउटै सोफा बसेर दाहाललाई समवेदना प्रकट गरेका थिए ।

दाहाल निवास स्रोतका अनुसार दाहाललाई समवेदना दिन अोली बिहान १० बजेतिर लाजिम्पाट पुगेका थिए। भने त्यसको केहि बेरमा एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुगेका थिए ।

केहीबेरमा प्रधानमन्त्री देउवा पनि दाहाल निवास पुगेका थिए। तीन नेताहरूले १० मिनेट दाहालसँग सँगै कुरा गरेका थिए।

करिव १० मिनेटजति कुराकानी गरेर प्रधानमन्त्री देउवा लाजिम्पाटबाट निस्किएको स्रोतले बतायो। अोली- नेपाल भने झनै एक घण्टा जति दाहाल निवासमा बिताएका थिए।

तीन नेताले हिजो समावेदन दिन भ्याएका थिएनन् । तीन नेताहरु कुरा गरिरहँदा ओलीका पत्नी राधिका र दाहालका पत्नी सीता पनि संगै बसेका थिए

Advertisement

Advertisement

Advertisement