काठमाडौं विविबाट चिकित्सा विज्ञानका एक हजार १९१ विद्यार्थी दीक्षित

Advertisement

धुलिखेल: काठमाडौँ विश्व विद्यालयको २३ औं दीक्षान्त समारोहका अवसरमा आज चिकित्सा विज्ञानअन्तर्गत विविध विषयमा स्नातकोत्तर तथा स्नातक गरेका एक हजार १९१ विद्यार्थी आज दीक्षित भए ।

सो अवसरमा प्रमुख अतिथि डा मोहनमान सैंजुले निजी क्षेत्रको पहलमा छुट्टै ऐनद्वारा स्थापना भएको काठमाडौं विश्वविद्यालय नेपालको उदाहरणीय विश्वविद्यालय रहिआएको बताए ।

“सरकारी लगानी पर्याप्त मात्रामा प्राप्त गर्न नसके पनि स्थापनाको अढाई दशकभित्र यस विश्वविद्यालयले भौतिक पूर्वाधार र प्राज्ञिक जनशक्तिको निर्माण गर्न सकेको छ”– डा सैंजुले भने ।

अहिले विज्ञान प्रविधिको क्षेत्रमा आएको युगान्तकारी परिवर्तनले गर्दा मानिस सोच, विचार र कार्यशैलीमा फेरिन थालेको उनले बताए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा शिक्षामन्त्री एवं काठमाडौं विश्व विद्यालयका सहकुलपति गोपालमान श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई अविचलित भई गाउँगाउँमा सेवा गर्न जान आग्रह गरे ।

उनैल काठमाडौं विश्वविद्यालयले शिक्षा क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा समेत गरे ।
“नेपाली जनताको घरदैलो दक्ष चिकित्सक पु¥याउन सकिरहेको छैन, त्यसको पूर्ति तपाईंहरुबाट हुनसक्ने विश्वास लिएको छु” – शिक्षामन्त्री श्रेष्ठले भने ।

कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा डा रामकण्ठ माकजु श्रेष्ठले दीक्षित विद्यार्थीहरुलाई नेतृत्व लिएर काम गर्न र परम्परालाई चुनौती दिन आग्रह गर्नुभयो ।

दीक्षित हुनेमा ७३३ महिला र ४५८ पुरुष छन् । यसमा १ सय ३५ जना विदेशी नागरिक छन् ।

Advertisement

Advertisement

Advertisement