एनबी बैंकले १२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित, मर्चेन्ट बैंकिङ्ग कम्पनी पनि खोल्ने

Advertisement

काठमाडौंः नेपाल बङ्गलादेश बैंकको आइतबार सम्पन्न २३औं बार्षिक साधारणसभाले बैंकको गएको बर्षको मुनाफाबाट सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र तीन दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेको छ ।

यो बोनस सेयर वितरणपछि बैंकको कुल चुक्ता पुँजी आठ अर्ब आठ करोड पुग्ने छ । गत आर्थिक वर्षमा बैंकले एक अर्ब २० करोड मुनाफा आर्जन गरेको थियो । त्यस्तै, निक्षेप ४३ अर्ब ७१ करोड, कर्जा ३७ अर्ब २४ करोड पुगेको छ ।

सभाबाट बैंकको संस्थापक सेयरधनीका तर्फबाट जलाल अहमद, मोहमद साह आलम सरवार र मनिरुल इस्लाम निर्विरोध निर्वचित भएका छन् । त्यस्तै, सर्वसाधारण शेयरधनीका तर्फबाट इन्द्रबहादुर थापा, दीपक कार्की र मुकुन्दनाथ ढुंगेल सञ्चालकमा निर्वाचित भएका छन् ।

बैंकले आगामी दिनमा मर्चेन्ट बैंकिङ्ग सेवा दिने उद्देश्यले सहायक कम्पनी स्थापना गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement