अग्नी सापकोटाले मोहन बस्नेतलाई दोब्बर बढी मतसहित लज्जास्पद हार चखाउने

Advertisement

सिन्धुपाल्चोकः सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का वामगठबन्धनका प्रतिनिधि सभाका उम्मेद्धवार अग्नि सापकोटाले आफू विजयी भएको तीन महिना भित्रै तातोपानी नाका खुलाउने दाबी गरेका छन् ।

उच्च राजनीतिक तहबाट पटक पटक कुरा हुँदासमेत चीनले खुलाउन नमानेको तातोपानी नाका सापकोटाले आफूले चुनाव जिते खुलाउने दावी गरेका छन् । सोमबार रिपोर्टर्स क्लबको कार्यक्रममा भने, ‘म सांसद चुनिएको तीन महिनाभित्र तातोपानी नाका खोलिदिन्छु, यो लेखेर राख्नुहोस्, म जित्दैछु ।’

अबको निर्वाचनमा वामपन्थीहरुको दुई तिहाई मत आउने दावी गर्दैै सापकोटाले चिनियाँ राष्ट्रपति सि जिन पिङको ओबिआर अवधारणा नेपालको सिन्धपाल्चोकबाट सुरु हुने जिकिर गरे । उनले थपे, ‘म मोहन बस्नेतलाई दोब्बर मत ल्याएर जित्छु । हामी वाम मिलेका छौं, अब मोहन बस्नेतको लज्जास्पदहार हुन्छ । एक दुई तीन म हराउँछु, उनको हार निश्चित छ ।’

Advertisement

Advertisement

Advertisement